बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा. देवकोटालाई श्रद्धान्जली दिन पुगे उपराष्ट्रपति पुन

मङ्गलबार, ०५ असार २०७५, ०९ : २७
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । 

डा. देवकोटाको पार्थिव शरीर दिउँसो १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ । त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ । 

डा. देवकोटालाई श्रद्धान्ली दिनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल पुगेका छन् । उपराष्ट्रपति पुन लागयत विभिन्न दलका नेताहरु श्रद्धान्जली दिनका लागि न्यूरो अस्पताल पुगेका छन् । 

डा. देवकोटाको निधन भएको खबर पाएलगत्तै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नारायण काजी श्रेष्ठ, गीरीराजमणी पोखरेल, बामदेब गौतम, ममधव कुमार नेपाल लगायत नेता श्रद्धान्जली दिनका लागि अस्पताल पुगेका थिए ।

 

 

क्यान्सर रोगबाट पीडित डा. उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप