फिफाः विमानको इन्जिनमा आगो लाग्यो, बालबाल बचे साउदी फुटबल टीम
मस्को – फिफा विश्वकपका लागि रसिया पुगेका साउदी अरबको समूह सोमबार बालबाल बचेका छन् । बुधबार उरुग्वेविरुद्धको खेलका लागि साउदी अरबको समूहलाई सेन्ट पिटर्सबर्गबाट रोस्तोव लिएर जाँदै गएको विमानको इन्जिनमा आकाशमा नै आगो लाग्यो । यद्यपी, रसियाली एयरलाइनसको एयरबस जेटले सुरक्षित अवतरण गरेको छ ।
एयरलाइन्सले विमानको इन्जिनमा चरा फसेका कारण विमानमा खराबी आएको हुनसक्ने आशंका व्यक्त गरेको छ । यद्यपी, एयरलाइन्सले विमानमा आगो लागेको खबरलाई भने अस्विकार गरेको छ । तर सोसल मिडियामा सेयर गरिएका भिडियोमा भने विमानमा आगो लागिरहेको देख्न सकिन्छ । यूएसए टुडेले पनि विमानमा आगलागी भएको बताएको छ ।
Very frightening. Saudi Arabia’s plane catches fire en route from Moscow to Rostov-on-Don. Team now safely at hotel pic.twitter.com/w2dTB2uFer
— Oliver Brown (@oliverbrown_tel) June 18, 2018
साउदी नेशनल टिमको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार सबै खेलाडी सुरक्षित रुपमा आफ्नो होटल पुगिसकेका छन्, आगलागी एक दुर्घटना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल
-
केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
-
एक वर्षमा २ दर्जन विदेशी कलाकार नेपाल भ्रमणमा, उद्देश्य के ?
-
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने