बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको बाल्टिमोरमा पशुपतिनाथको मन्दिर उद्घाटन

मङ्गलबार, ०५ असार २०७५, १० : २१
मङ्गलबार, ०५ असार २०७५

वाशिंगटन डिसी–बाल्टिमोरमा पशुपतिनाथ मन्दिरको उद्घाटन गरिएको छ । जुन १७ मादिन अमेरिकाका लागि मरिससका राजदुत सुरज फोकिरको प्रमुख आतिथ्यमा मन्दिर उद्घाटन गरिएको हो  ।

उद्घाटनसँगै सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनका लागि खुला गरिएको छ । मरिससका राजदुत सुरजले औपचारिक कार्यक्रम प्रारम्भअघि पूजा पाठ र प्राण प्रतिष्ठामा सहभागि भएका थिए । 

कार्यक्रममा  महाबाणिज्य दुत प्रेम राजा महत ,डा बिशाल भण्डारी ,मन्दिरका सभापति श्रीवास दास ,उपसभापति विश्वराज गौतम ,बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त,बानाका पूर्व अध्यक्ष ,मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक ,प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापालगायतको उपस्थितिमा पुष्प ,जल र दुध चढाउदै शिवलिङ्गको अनावरण गरिएको थियो । 

नेपालको पशुपतिनाथ मन्दिरको जस्तै दुरुस्त जस्ताको त्यस्तै (रेप्लिका ) भएको शिव लिङ्क मूर्ति  जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ ।

काठमाडौँको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा अर्चना गरिन्छ बाल्टिमोरमा पनि त्यहि प्रकृयाबाट नित्य पूजा अर्चना गरिने जनाइएको छ । मन्दिरमा शिव लिङ्ग ,गणेशको मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप