शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले तोके तीन कार्यबाहक

मङ्गलबार, ०५ असार २०७५, १० : ५६
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं -प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि तीन नेतालाई फरक-फरक विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । 

अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपालले पाएका छन् ।

 तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको छ ।  

पार्टीको विधानमा अध्यक्षले कार्यक्षेत्रबाहिर रहँदा कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था छ । 

प्रचण्ड पत्नी सीताको उपचारका लागि अहिले सिंगापुरमा छन् । 

अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले अध्यक्ष ओलीले मंगलबारै कार्यवाहक अध्यक्ष तोक्नुपर्ने थियो । 

ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।

नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ । 

संयोग कस्तो भएको छ भने हाल कार्यबाहक पाएका नेकपाका तीनै जना नेता तत्कालीन एमालेका हुन् । 

ओलीले कार्यक्षेत्रबाहिर जाँदा कार्यवाहक अध्यक्ष, कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक संसदीय दलको नेता तोक्दै आएका छन् ।

यसअघि कार्यवाहक प्रधानमन्त्री भने दोस्रो बरीयतामा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेता उपनेता सुवास नेम्बाङले पाउँदै आएका थिए ।

तत्कालीन एमालेमा अध्यक्षपछिको मर्यादाक्रममा क्रमशः वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रहे पनि वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई ओलीले कार्यवाहक अध्यक्ष तोक्ने गरेका थिए । 

एकीकृत पार्टीमा भने यो मौका नेपालले पाएका छन् । 

२०६४ पछि नेपालले पार्टी प्रमुखको जिम्मेवारी सम्हाले मौका पाएका हुन् । 

२०६४ मा भएको संविधानसभा चुनाबमा पार्टीले पराजय भोगेपछि नेपालले महासचिव पदबाट राजीनामा गरेका थिए ।

त्यसपछि उनले पार्टीकोे प्रमुख बन्ने मौका पाएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप