बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा आउने कुरा झुटो हो : तेरिया

मङ्गलबार, ०५ असार २०७५, ११ : ३६
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । भारतीय टेलिभिजन ‘झलक दिखला जा’ र ‘डीआइडी सिजन –३’की बिजेता तेरिया फौजा मगरले आफ्नो तत्काल चलचित्र अभिनय गर्ने सोच नरहेको बताएकी छन् । उनले नेपाली चलचित्र अभिनय गर्न

लागेको समाचार केही मिडियाले बनाएको प्रति आपत्ति जनाउँदै उनले तत्काल अभिनयमा आउने सोच नरहेको बताएकी हुन् । 

तेरिया सुजन विश्वकर्माको ‘मायाको मोल’ नामक चलचित्रबाट अभिनयमा देखिन लागेको समाचार केही दिन पहिले मिडियामा आएको थियो । तर, सोमबार उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट आफुले कुनै पनि चलचित्र साइन नगरेको खुलाएकी छन् । 

उनले फेसबुकमा स्टाटस पोष्ट गरेकी छन्, ‘विभिन्न समाचार माध्यममा आएको भ्रामक समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । आजको दिनसम्म कुनै पनि चलचित्रमा म अनुबन्धित भएकी छैन ।’ 

उनले अगाडी लेखेकी छन् ‘झुटो समाचारले मेरो शुभचिन्तकमा पलाएको उत्साह र निरासा प्रति क्षमाप्राथी छु । साथै म अहिलेसम्म कुनै चलचित्र खेल्ने तयारीमा पनि छैन ।’

उनले सत्यतथ्य नबुझि समाचार नबनाउन समेत मिडियालाई अनुरोध गरेकी छन् । तेरिया अहिले देश विदेशका कार्यक्रमहरुमा निकै ब्यस्त रहेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप