बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के मेक्सिकन फ्यानहरुले मनाएको उत्सवले साँच्चै भूकम्प निम्त्याएको थियो ?

मङ्गलबार, ०५ असार २०७५, १२ : १२
मङ्गलबार, ०५ असार २०७५

एजेन्सी । विश्वकपको आफ्नो शुरुवाती खेलमा मेक्सिकोका हिरभिङ्ग लोजानोले जर्मनविरुद्ध गोल गरेपछि मेक्सिकन फुटबल फ्यानहरुले खुसी रोक्न सकेनन् । 

खेलको ३५ औँ मिनेटमा लोजानोले हानेको बलले नेट छाएपछि टिमका प्रशंसकहरुहरु खुसीमा उफ्रिए ।

तर, के केही मिडियाहरुले भने जस्तै यो खुसी मनाउँदा मेक्सिकोमा भूकम्पनै आएको थियो त ?

मेक्सिकोको इन्स्चिच्युट अफ गियोलोजी एण्ड एटमोस्फेरिक इन्भेष्टिगेसनले गरेको ट्वीटले यस्तै बुझिन्छ ।

भूकम्पिय क्रियाकलाप निगरानी गर्ने इन्स्चिच्युटले गरेको ट्वीटमा यस्तो लेखिएको छ : “रसियामा भइरहेको विश्वकप २०१८ मा मेक्सिकन टिमले जर्मनी विरुद्ध गरेको गोलमा खुसी मनाउदा मेक्सिको सिटीमा कृत्रिम भूकम्प महसुस । ” 

यहाँ दिइएको सिस्मोग्राफको तस्वीरमा गोल भएको समयलाई रातो आयातकारमा दिइएको छ । यसले सिस्मोमिटरमा नजिकै कम्पन देखाँउछ ।
खासमा के भएको थियो ?

इन्स्चिच्युटले खुसी मनाइरहेको फ्यानहरुको नजिक रहेको दुई सिस्मोमिटरले जमिनको कम्पन मापन गरेको पुष्टि ग¥यो । कम्पन डिफेन्डिङ्ग च्याम्पिएन विरुद्ध गोल भएको लगतै मापन गरिएको थियो ।

“खेलको ३५ मिनेट ७ सेकेण्डमा मेक्सिकन टिमले गोल हान्यो । यही क्षणमा हाम्रो अनुगमन संयन्त्रले एक सिस्मिक हलचल मापन गरेको छ । मेक्सिको सिटीमा रहेका कम्तिमा दुई सेन्सरले ३७ मिटर प्रति वर्ग सेकेण्डको कम्पन मापन गरेको छ । यो हलचल सम्भवत ठूलो उत्सवले निम्त्याएको हुनुपर्छ,” इन्स्चिच्युटले गरेको ट्वीटसँगै दिइएको एक ब्लग पोष्टको लिङ्कमा भनिएको छ ।

इन्स्चिच्युटले यस्तो घटना त्यति ठूलो नहुने उल्लेख गरेको छ ।

यसले उत्सव मनाइरहेको भीडको नजिक रहेको संबेदनशील उपकरणले मात्र यो घटनालाई पहिचान गरेको भनेको छ ।

फ्यानहरु भेला भएका मध्य एक प्रमुखस्थलमा मेक्सिको सिटीको इन्डिपेण्डेन्स स्ट्याचु थियो । हलचल मापन गरेको एक सिस्मोमिटर यो चोकबाट धेरै टाढा छैन ।

के यो भूकम्प नै थियो त ?

एक ब्लगमा इन्स्चिच्युट अफ जियोलोजिकल एण्ड एट्मोस्फेरिक इन्भेस्टिगेसनले यस्तो घटना साधारण जनसङ्ख्याले महसुस गर्न नसक्ने स्पष्ट पारेको छ । 

“यस्ता घटनाहरुलाई म्याग्निच्युटमा मापन गर्न सकिँदैन । त्यही कारणले यसलाई भूकम्प भनिदैन । र यदी त्यो भूकम्पनै हो भने पनि त्यो सँगसँगै ‘कृत्रिम’ भन्ने शब्द पनि जोड्नुपर्छ जसले गर्दा यो भौगर्भिक घटना होइन भनेर देखाउँछ ,” ब्लगले विस्तारमा भनेको छ ।

के यस्तो पहिले पनि भएको थियो ?
हो ।
सन् १९८८ मा अमेकिरिकाको लुजियाना स्टेट युनिभरसिटी र ओबर्न विश्वविद्यालयबीचको कलेज अमेरिकन फुटबल खेललाई ‘भूकम्पीय खेल’ नाम दिइएको छ । 

खेलको अन्तिम मिनेटतिर लुजियाना स्टेट युनिभरसिटीले बललाई विपक्षीको पोष्ट पारी पु¥याएपछि टाइगर स्टेडियममा रहेका फ्यानहरु यस्तो उमङ्मा उफ्रिए की नजिकै रहेको विश्वविद्यालयको भूवैज्ञानिक भवनमा रहेको एक सिस्मोमिटरमा कम्पन मापन गरिएको थियो ।

हालसालै पनि सन् २०१६ मा लिचेस्टर सिटीले अन्तिम समयतिर नर्विचविरुद्ध गोल गरेपछि फ्यानहरुले एक कम्पन उत्पन्न गराएका थिए ।

मेक्सिको सिटी र लुजियाना स्टेट युनिभरसिटीको सन्दर्भमा जस्तै यो कम्पन पनि उत्साव मनाइरहेका फ्यानहरु नजिकै रहेको सिस्मोमिटरमा मापन भएको थियो ।

यी तस्वीरहरुले देखाँउछ खुसीको उत्सव कति भव्य थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप