राडामेल फाल्काओ
मङ्गलबार, ०५ असार २०७५, १२ : ३३
कुनै समय फाल्काओ कोलम्बियाका गोल्डेन ब्वाइ थिए । सन् २०१४ को विश्वकपमा यी खेलाडीबाट ठूलो आशा गरिएको थियो । तर विश्वकप सुरु हुनुअघि घाइते भएपछि उनले खेल्न पाएनन् ।
फाल्काओको अनुपस्थितिका बाबजुद यस प्रतियोगितामा जेम्स रोड्रिग्वेज चम्किए । उनले ६ गोल गरे । एक हिसाबले भन्नुपर्दा रोड्रिग्वेजको प्रदर्शनपछि समर्थकहरूले फाल्काओलाई नै बिर्सिए ।
तर यस वर्ष विश्वकप छनोटमा उनले फेरि आफूलाई प्रमाणित गरे । अन्तिम ४ खेलमा उनले गरेको दुई गोल कोलम्बियालाई रुसमा छनोट गराउन महत्वपूर्ण सावित भएको थियो । यी ३२ वर्षीय स्टारले ७१ खेल खेल्दै २९ गोल गरेका छन् र उनी टोलीका सर्वाधिक गोलकर्ता हुन् । ५ वर्षअघि एथलेटिको म्याड्रिडबाट खेल्दा फाल्काओ जुन फर्ममा थिए त्यही स्तरको प्रदर्शन उनले गर्नसकेमा कोलम्बियाको विश्वकप यात्रा अवश्य लामो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी