शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बूढीगंगालाई मेयर कपको उपाधि

मङ्गलबार, ०५ असार २०७५, १२ : ४४
मङ्गलबार, ०५ असार २०७५

बाजुरा– बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ । आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि जितेको हो । 

घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दाबेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । 

बूढीगंगाले जितसँगै रु ५५ हजार, ५५५ नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले रु ३३ हजार ३३३ नगद, प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिए । 

छेडेदह गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको त्रिभुवनेश्वरी मावि त्रिवेणीले रु २२ हजार २२२ नगदसहित प्रमाणपत्र र प्राप्त गरेको छ । 

विजेता टोलीलाई नगर प्रमुख दीपकविक्रम शाह, उपप्रमुख तारा खाती, जिल्ला खेलकूद विकास समिति अध्यक्ष हिक्मत थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । खेल भानोदय माविको मैदानमा आयोजना गरिएको हो । 

नगरपालिकाको सहयोग र जिल्ला खेलकूद विकास समितिको आयोजनामा गरिएको खेलमा १० टोलीले भाग लिएका थिए । तीमध्ये गौमुल, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बडिमालिका नगरपालिकासहित आयोजक बूढीगंगा नगरपालिकाका खेलाडीको सहभागिता थियो । 

गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुगेको आयोजक बूढीगंगा नगरपालिकाले बताएको छ । युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन र स्थानीय तहबीचको आपसी सम्बन्ध स्थापित गर्न प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख दीपकविक्रम शाहले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप