बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिठी नखः पर्वमा रानीपोखरीको सफाई

मङ्गलबार, ०५ असार २०७५, १३ : १२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– काठमाडौं उपत्यकाका नेवार समूदायले इनार, ढुंगेधारा, कुवालगायतका पानीको स्रोतको सरसफाई गरी मंगलबार सिठी नखः चाड मनाएका छन् ।  यसै अवसरमा स्थानीयवासीले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानी पोखरीको सफाई पनि गरेका छन ।

मंगलबार विहानै रानी पोखरीमा पुगेर त्यहाँको सफाई गरिएको हो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हिसिया यमीसहित सफाई अभियानमा सहभागी भएकाहरुले रानी पोखरीको पुनर्निर्माणका ढिलाई नगर्न काठमाडौं महानगरपालिकाको गम्भिर ध्यानाकर्षण गराएका छन । पूरानै शैलीमा रानी पोखरीको पुनर्निर्माण गर्न दवाव दिन पनि  सिठी नखः पर्वको अवसर पारेर रानी पोखरीको सफाई अभियानमा सहभागी हुनु परेको स्थानीय आलोकसिद्धी तुलाधरले बताए ।

यसै अवसरमा फूलमा चामलको पिठोको रोटी, मास, केराउ र मुगीको बारा, चटामरी खाने चलन पनि छ । लिच्छवी कालदेखि यो चाड मनाउने परम्परा रहि आएको जनविश्वास छ । यो चाडमा उपत्यकाभित्रको गढ, किल्ला, पर्खाल इत्यादिको मर्मत तथा सफाई गर्नुपर्ने परम्परा रहेको भक्तपुर दरबार क्षेत्रको बाहिरी भित्तामा राजा यक्ष मल्लले राखेको ताम्रपत्रमा समेत उल्लेख गरिएको छ । पानीको स्रोत मासिदै गएको काठमाडौं उपत्यकामा यसको संरक्षणका लागि पनि यो पर्वको विशेष महत्व रहेको विज्ञहरुले बताएका छन ।


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप