देवकोटाको निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति : विप्लव
मङ्गलबार, ०५ असार २०७५, १३ : ३६
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन प्रति नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समवेदना व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ :
नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ ।
डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ ।
साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’