बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील

मङ्गलबार, ०५ असार २०७५, १३ : ४५
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपालमा वैदेशिक लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गर्नु भएको छ ।

मकाओमा अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ) को बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष श्रेष्ठले नेपालको भौतिक पूर्वाधार सहित जलस्रोत, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका हुन् ।

नेपालसँग ४४ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता रहेपनि हाल करीब ८ सय मेघावाट विद्युत मात्र उत्पादन भइरहेको तथ्यांक श्रेष्ठले प्रस्तुत गरे ।

प्राकृतिक रुपले भरिपूर्ण नेपालमा प्रशस्त अन्तर्राष्ट्रिय सम्पदाहरु समेत भएकाले विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

उच्च शिक्षाको अध्ययन पूरा गरेका धेरै लगनशील युवाहरु नेपालमा रोजगारीको खोजीमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले नेपालमा उत्पादित सामानलाई सजिलै दुई विशाल छिमेकी राष्ट्र भारत तथा चीनमा निर्यात गर्न सकिने जानकारी दिए । 

तुलनात्मक रुपमा कम लगानीमा नै नेपालमा दक्ष जनशक्ति उपलब्ध रहेको बताउँदै श्रेष्ठले वैदशिक लगानीका लागि नेपालको कर्मचारीतन्त्रमा सहज पहुँच रहेको उल्लेख गरे ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी महाभूकम्पपछि जनस्तरबाटै पूर्वाधार सहित विविध क्षेत्रमा लगानी गर्ने परिपाटी बढ्दै गएको श्रेष्ठले बताए ।  

३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको  नेतृत्व गर्दै श्रेष्ठ गत साता मकाओ गएका थिए ।  मकाउ बैठकमा भाग लिएपछि नेपाली प्रतिनिधिमण्डले हङकङको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा हङकङले हासिल गरेको सफलताको स्थलगत अध्ययन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप