शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो गेमको लत 'मानसिक रोग' : विश्व स्वास्थ संगठन

मङ्गलबार, ०५ असार २०७५, १५ : ५३
मङ्गलबार, ०५ असार २०७५

एजेन्सी । धेरै अभिभावकहरुले पहिलेदेखि यसबारेमा सोचिसकेको हुनुपर्छ । तर, यो पटक अभिभावकहरुले आफ्ना सन्तानको स्क्रिन समय नियन्त्रण गर्नको लागि थप एउटा तर्क पाएका छन् – विश्व स्वास्थ संगठनले भिडियो गेमको लतलाई मानसिक रोगको रुपमा पहिचान गरेको छ ।

विश्व स्वास्थ संगठनले पहिचान भइसकेको र पहिचान गर्न सकिने रोगहरु समेट्ने सन्दर्भ पुस्तकको पछिल्लो संस्करणले डिजिटल र भिडियो गेमलाई ‘बलियो र दोहोरिने भिडियो गेम खेल्ने बानीको प्याटर्न’ भनेको छ जुन यति कडा हुन्छ कि ‘यसले जीवनका बाँकी रुचिहरुमा नकारात्मक असर गर्छ ।’

‘इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज(आईसीडी)’ नामक उक्त पुस्तक विगत १० वर्ष लगाएर परिष्कृत गरिएको हो ।

यस सन्दर्भ ग्रन्थमा ५५,००० चोटपटक, रोग र मृत्युका कारणहरु उल्लेख गरिएको छ । यसले विश्व स्वास्थ संगठन र अन्य विज्ञहरुलाई स्वास्थमा रहेको ट्रेण्डलाई हेर्ने र आवश्यक कदम चाल्न आधार प्रदान गर्छ ।

“यसले हामीलाई मानिसहरुलाई केले रोगी गराउँछ र मार्छ भन्ने कुरा बुझाउन सहयोग गर्छ । यसले गर्दा हामीले कष्ट कम गर्न र जीवन बचाउनका लागि आवश्यक कदम चाल्न सक्छौँ,” विश्व स्वास्थ संगठनकी कार्यकारी निर्देशक टेड्रोस अधानोम घेब्रेयीससले आईसीडी प्रकाशन भए पछि जारी गरिएको एक वक्तव्यमा भनेकी छिन् ।

आईसीडीलाई स्वास्थ बीमाकर्ताहरुले पनि प्रयोग गर्ने गर्छन् । उनीहरुले दिने क्षतिपूर्ती भूक्तानी आईसीडीको वर्गिकरण अनुरुप हुने गर्छ । पछिल्लो संस्करणलाई आईसीडी–११ भनिएको छ । 

पहिलो पटक आईसीडी पूर्ण रुपमा विद्युतीय माध्यममा आएको छ । विद्युतीय माध्यममा आएपछि यसलाई विश्वभरका डक्टर र अन्य स्वास्थकर्मीहरुको सहज पहुँच हुने मानिएको छ ।  

आईसीडी–११ मा यौन स्वास्थ वर्गिकरणमा पनि परिवर्तन गरिएको छ । उदारणको लागि अघिल्ला संस्करणहरुमा यौन विकार र लैङ्गीक अयोग्यतालाई मानसिक स्वास्थ अवस्था शिर्षक अन्तर्गत राखिएको थियो । तर आईसीडी–११ मा यसलाई यौन स्वास्थ खण्डमा राखिएको छ । पछिल्लो संस्करणमा परम्परागत औषधीको पनि एक नयाँ पाठ राखिएको छ ।

विश्व स्वास्थ संगठनले अद्यावधिक गरिएको आईसीडीलाई आफ्नो सदस्य राज्यहरुमा मे २०१९ मा हुने वार्षिक स्वास्थ सभामा पेस गर्ने कार्यशुची बनाएको छ । यो कुरा विश्व स्वास्थ संगठनले जारी गरेको एक वक्तव्यमा भनिएको छ । उक्त वक्तव्यमा आईसीडीको यस नयाँ संस्करण लागु भने जनवरी २०२२ मा हुने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप