मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजारमा ८.९७ अंकको गिरावट, किन घटिरहेको छ शेयरबजार ?

मङ्गलबार, ०५ असार २०७५, १६ : ०४
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– सेयर बजारमा अझै पनि सुधार आउन सकेको छैन । मंगलबार सेयर बजारमा ८.९७ अंकको गिरावट आएको छ । ०.७३ प्रतिशतले घटेको बजार १२२६.१८ विन्दुमा आएर रोकिएको छ । आजको कारोबारमा १५७ कम्पनी सामेल थिए । 

आज २० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समुहमा ९३.९ अंकको गिरावट आएको छ । उत्पादन तथा प्रशोधनतर्फ १९.१२ अंकको गिरावट छ ।

सबै समुह घट्दा पनि नेपाल बैंकको भने २ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । दोस्रो बढी सेयर खरिद बिक्री हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यस बैंकको २ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको ८१ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप