शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजकीय सम्मानका साथ डा. देवकोटालाई अन्तिम बिदाई (फोटोफिचर)

मङ्गलबार, ०५ असार २०७५, १६ : ०५
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ पशुपतिमा अन्तिम संस्कार गरिएको छ । 

डा. देवकोटाको पार्थिव सरिरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ति दिएपछि अन्त्यष्टि गरिएको हो । देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो ।

सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।

लामो समय चिकित्सा क्षेत्रमा बिताएका डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । 

लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । 

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । 

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् । डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ । 

कस्ता थिए डा.उपेन्द्र देवकोटा ? यस्तो छ घरका सहयोगीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अनुभव

देवकोटाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आर्यघाट लगियो

न्यूरो अस्पतालमा डा. देवकोटालाई श्रद्धाञ्जली (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप