बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन शान्ति बीमा योजना

मङ्गलबार, ०५ असार २०७५, १६ : १७
मङ्गलबार, ०५ असार २०७५


काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लि. ले आफ्ना ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बीमा योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा भविस्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्दछ । 

यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा आश्रीतहरुको भविष्य सुरक्षित गर्नु हो । यस जीवन शान्ति बीमा योजनासँगै विभिन्न अतिरिक्त सुविधाहरु पनि बीमितले लिन सक्नेछन् ।

साथै कम्पनीले घातक रोगहरु विरुद्धको अतिरिक्त सुविधाहरु पनि अघि ल्याएको छ । कम्पनीले ७, ११ वा १८ विभिन्न घातक रोगहरुबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो । 

नेपालमा १८ घातक रोगहरु विरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी हो ।

बीमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोगहरु विरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् ।  यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको  चिकित्सकीयरुपमा प्रमाणित भएमा अधिकतम रु ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गरिनेछ ।

यो अतिरिक्त सुविधा विभिन्न बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप