बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मौसमको पूर्वाअनुमान गर्न बेलुन उडाउने तयारी

मङ्गलबार, ०५ असार २०७५, १६ : ३३
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ । मंगलबार तयारी कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सो कुराको जानकारी दिएका हुन् । 

मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप, तापक्रम, सापेक्षित आद्रता, वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमिनमा रहेको रिसिभरमा पठाउने जनाइएको छ ।

 कार्यक्रममा बोल्दै रजिष्टार उप्रेतीले रेडियोसेण्डको उडानले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवम् तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्च शिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने जानकारी दिए । 

यसैगरी जल तथा मौसम विभागका महादिर्नेशक डा.ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित एवम् सत्यपरक बनाउने नेपाल सरकारले जर्मन प्रविधिको सहयोगमा रेडियोसेण्ड उडाउने तयारी गरेको बताए । रेडियोसेण्डको प्रविधि खर्चिलो हुने भएकोले विगत लामो समयसम्म गरिएको प्रयत्न हाल आएर कार्यान्वयनमा अघि वढेको समेत उनले जानकारी दिए । 

हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ । 

रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा.दिपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप