बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको बैठकमा तीन नेताले प्रस्तुत गरे तीन विधान

मङ्गलबार, ०५ असार २०७५, १६ : ३९
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक हिजोदेखि शुरु भएको छ । 

बैठकमा पार्टीको विधान, देशको समसामयीक राजनीतिक अवस्था, संसदीय दलको नेता चयन, महाधिवेशनको मिति तय, संसदीय दलको विधान लगायतका एजेण्डामा छलफल शुरु भएको हो । 

पार्टी महाधिवेशनसम्मका लागि पार्टीको एउटा छुट्टै विधान बनाउन लागेको छ ।

यसअघि पार्टी दर्ताका लागि बनेको विधान पूर्ण नरहेको हुनाले महाधिवेशनसम्मका लागि अर्को विधान बनाउन लागेको छ । 

त्यसका लागि पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले छुट्टा छुट्टै विधानको मस्यौदा प्रस्ताव गरेका छन् । 

हिजोदेखि शुरु भएको बैठकमा नेताद्धय महतो र झाले आआफ्नो तर्फबाट विधानको मस्यौदा प्रस्तुत गरे भने महेन्द्र राय यादवले तयार गरेर राखेपनि बैठकमा प्रस्तुत गरेका थिएन । 

आजको बैठकम उनले प्रस्तुत गर्ने बताइएको छ । 

राजेन्द्र महतोले यसअघि जारी भएको विधानलाई संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् भने अनिल झाले पूर्ण विधान नै प्रस्तुत गरेका छन् । 

तीनवटै विधानमाथि राजनीतिक समितिमा छलफल गरेर एउटा कुनैलाई अनुमोदन गरि यही विधान अनुसार महाधिवेशन सम्पन्न हुने बताइएको छ ।

राजेन्द्र महतोले पुस १५, १६ र १७ गते राष्ट्रिय महाधिवेशनका लागि प्रस्ताव गरेका छन् । 

त्यसअघि देशभरका सबै वडा अधिवेशन कात्तिक ६ गाँउपालिका-नगरपालिका-उपमहानगरपालिका÷महानगरपालिकाको अधिवेशन कार्तिक १०, प्रदेशसभा-प्रतिनिधि सभा संसदिय क्षेत्र÷महाधिवेशन प्रतिनिधिको अधिवेशन कार्तिक १२, प्रदेश १ का सबै जिल्ला अधिवेशन कार्तिक १४, प्रदेश २ का सबै जिल्लाको अधिवेशन कार्तिक १५, प्रदेश ३ का सबै जिल्लाको अधिवेशन कार्तिक १६, प्रदेश ५ का सबै जिल्लाको अधिवेशन कार्तिक १७, प्रदेश ७ का सबै जिल्लाको अधिवेशन कार्तिक १८, प्रादेशिक अधिवेशन मंसिर १ र २ गते सम्पन्न गरिसक्नु पर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

राजपा नेपाल २०७४ आषाढ ३० गते निर्वाचन आयोगमा दर्ता भई विधानत एक वर्ष भित्रमा महाधिवेशन गर्ने उल्लेख गरिएको छ  र निर्वाचन आयोगद्वारा पनि पत्राचार गरिएको हुनाले महाधिवेशन गर्ने प्रयोजनको लागि ६ महिनाको थप म्याद मागी सोही अनुसार महाधिवेशन सम्पन्न गर्न महतोले प्रस्ताव गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप