शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योग दिवस भव्य रुपमा मनाइने

मङ्गलबार, ०५ असार २०७५, १७ : ३४
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– पतञ्जली योगपीठ नेपालले मुलुकभर योग तथा आयुर्वेदसम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर यही असार ७ गते बिहिबार पतञ्जली योगपीठ नेपालले मुलुकभर योग तथा आयुर्वेदसम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएको हो । 

असार ७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यक्रमको उद्घाटन गर्नुहुने पतञ्जली योगपीठ नेपालका अध्यक्ष शालिग्राम सिंहले जानकारी दिए ।

उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देशभर ४० हजार भन्दा बढि योग शिक्षकहरु परिचालन गर्ने जानकारी पनि दिए । योग शिविर देशभर एकैसाथ आगामी विहिबार विहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।

नेपालको अमूल्य निधिको रुपमा रहेको योग, प्राणायम, आयुर्वेद र जडिबुटीको विकास गरी मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ योग दिवस भव्य रुपमा मनाउने तयारी गरिएको आयोजकको दावी छ । विश्वमा हरेक वर्ष जुन २१ का दिन अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप