शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानसेनापति क्षत्रीलाई पाकिस्तानले दियो उच्चस्तरको विभूषण

मङ्गलबार, ०५ असार २०७५, १७ : ४८
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पाकिस्तानी सेना प्रमुख जनरल जुबियर मोहम्मद हायातले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा जनरल हायतले पाकिस्तान सरकारको तर्फबाट प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मानस्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्च स्तरको विभूषण निशन–ए– इम्तियाज (मिलिटरी) प्रदान गरेका थिए ।  साथै भेटवार्तामा उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्पारिक समबन्धका विषयमा छलफल समेत भएको थियो । 

त्यस्तै जनरल हायतले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप