बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति
बुटवल । प्रदेश नं ५ को स्थगन भएको प्रदेशसभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस सहमत भएपछि प्रदेशसभाको बैठक सञ्चालन भएको छ ।
बैठक शुरु हुनासाथ समय माग गरेर आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बजेटमा विपक्षीको अहसमति र टिप्पणी सम्बोधन हुने गरी नियमित कारबाहीमा सहभागी हुन अनुरोध गरे । उनको अनुरोधपछि बजेट सैद्धान्तिक छलफल भएको छ ।
छलफलमा सहभागी हुँदै विपक्षी प्रदेशसभा सदस्यले विनियोजित बजेट समावेशी, समानुपातिक नभएको आरोप लगाए ।
प्रदेशसभा सदस्य रमा अर्यालले कर उत्पादन र नाफामा मात्रै लगाउनुपर्ने जिकिर गर्दै बजेटमा नीतिगत असहमति भएको बताइन् । उनले काँग्रेससँग विनियोजित रकममा हेरफेर गर्ने सहमति भएको उल्लेख गर्दै बजेटका लागि नेता, मन्त्रीको ढोका ढक्ढक्याउने स्थितिको अन्त्य गर्न जरुरी छ भनिन् ।
प्रदेशसभा सदस्य दिपेश थारुले पहुँच र भनसुनको आधारमा बजेट विनियोजन भएको दाबी गर्दै कुल जिल्लालाई कुन आवश्यकता हो त्यसको प्राथमिकीकरण गर्न आवश्यक रहेको बताए ।
प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बजेट समाजवाद उन्मुख भएको उल्लेख गर्दै सन्तुलित विकासको अवधारणा बजेटमा प्रतिविम्बित भएको छ भने । प्रदेशसभा सदस्य कमला विकले बजेटले समानुपातिक वितरण प्रणालीलाई जोड दिइएको तर्क गरिन् ।
प्रदेशसभा सदस्य सहजराम यादवले बजेट प्रदेशसभाका सदस्यका लागि भिखारी र दाता जस्तो भएको टिप्पणी गर्दै एकलौटी, अपारदर्शी र अव्यावहारिक रुपमा आएको जिकिर गरे ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैनामा बुद्धकालीन सभ्यतासँग सम्बन्धित विषयलाई बजेटले सम्बोधन नगरेकाले आफूलाई हिनताबोध भएको बताए । प्रदेशसभा सदस्य दिनेश पन्थीले बजेट समाजवाद उन्मुख नभएको टिप्पणी गरे ।
प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य कृष्ण न्यौपाने, अष्टभूजा पाठक, इन्द्रप्रसाद खरेल, युवराज खनाल, भूवनेश्वर चौधरी, तुलाराम घर्तीमगर, पुष्पा थरुनीलगायतले बजेटप्रति टिप्पणी गरेका थिए । बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी