भिएलएनका सञ्चालक श्रेष्ठ १२ लाख धरौटीमा रिहा
काठमााडौं– जिल्ला अदालत ललितपुरले भिएलएनका सञ्चालक राम श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिहं महराको एकल इजलासले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
श्रेष्ठ वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा केही दिनअघि पक्राउ परेका थिए । वाइड स्पेस मेनपावरका सञ्चालक समेत रहेका श्रेष्ठलाई यसअघि काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठलाई ललितपुरमा पनि सोही मुद्धाका विषयमा अनुसन्धान भैरहेको भन्दै प्रहरीले पुनः पक्राउ गरेको जनाउँदै आएको छ । श्रेष्ठमाथि भिसा स्ट्यापिङका लागि भिएलएन खडा गरेर आर्थिक कारोबार गरेको आरोप लागेको छ । उनले यो धन्दा पाँच वर्षदेखि चल्दै आएको प्रहरीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा