बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानले गर्यो दोस्रो गोल, कोलम्बिया झनै दबाबमा

मङ्गलबार, ०५ असार २०७५, १९ : २६
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । रसियामा जारी फिफा विश्वकप २०१८ मा जापान र कोलम्बिया भिडिरहेका छन् । खेलको दोस्रो हाफको ७३ औं मिनेटमा जापानका खेलाडी योए युस्कोले दोस्रो गोल गरेका छन् । 

खेलको सुरुवातमै जापानका खेलाडी सिन्जी कागावाले पहिलो गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । 

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी सिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाएका हुन् । 

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

त्यस्तै कोलम्बियाले पनि जापानविरुद्व १ गोल गरेको छ । कोलम्बियाका खेलाडी जुवान फर्नान्डो क्वीन्टेरोले खेलको ३९ औं मिनेटमा गोल गरेका हुन् ।  

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित भएपछि अझ दबाबमा परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप