शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमाल छिचोल्दै सिचुवान, २१ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०५ असार २०७५, २० : ५७
मङ्गलबार, ०५ असार २०७५

सिचुवान (चीन)– मंगलबार काठमाडौंबाट चीनको सिचुवानस्थित सुंग्लिउ विमानस्थलका लागि उडेको एयर चाइनाको विमानले नेपालको हिमश्रृंखलालाई देब्रे  बनाएर उड्दै गर्दा जहाजमा सवार यात्रुहरु एकाएक रोमाञ्चित बनिहाले । काठमाडौंको धूलो, धुँवा र कोलाहाल वातावरण देखे–भोगेका यात्रु मनमोहक  हिमश्रृंखला देख्न पाउँदा रोमाञ्चक हुनु स्वाभाविक पनि हो । 

त्रिभुवन विमानस्थल भएर चीनको लागि उड्ने विमानबाट नेपालका  मनोरम हिमश्रृंखलाका साथै चीनको ल्हासा र सो क्षेत्रका मनोरम पठारहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ ।  

यस्तै  विमानबाट देखिने तिब्बती भूमिमा रहेका हिमताल पर्यटकलाई लोभ्याउने अर्को खुराक हो । 

करीब ३ घण्टाको हवाई यात्रा पूरै मनमोहक हिमश्रृंखला छिचोलेर सिंलिउ विमानस्थल पुगिन्छ । जसमा  नेपालीपछि चीनको ल्हासाका भूभाग पर्दछन् । 

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो,  ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । 

गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । 
चीनको पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्यस्थल बनेको छ ।

यही महत्वपूर्ण भूमि छिचोल्दै पुगिन्छ, सिचुवान प्राप्त । सुन्दर भौगोलिक बनावट, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण प्राप्त सिचुवानमा तिब्बती, ई र क्वाङ समूहदायका मानिसहरुको बाहुल्यता रहेको छ ।  सिचुवानको जनसंख्या ९१.३७ मिलियन रहेको डिपार्टमेन्ट अफ फरिगन एण्ड ओभर्सिज चाइनिज एफेयर्स, सिचुवानले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप