बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधिको शव लिन कोही आएनन्, छाला निकालेर बनाइयो जुत्ता

बिहीबार, २९ असार २०७४, १६ : ५८
बिहीबार, २९ असार २०७४

पुरानो जमानामा राजा महाराजाले अपराधीलाई दिने सजायँको कहानी पढ्दा वा सुन्दा रमाइलो लाग्छ । तर आज हामी तपाईंलाई यस्तो वास्तविकताबारे जानकारी दिँदै छौं जसमा एक चर्चित अपराधीको छाला प्रयोग गरेर जुत्ता बनाइएको छ । उनी अपराधीलाई आफ्नो सुगाजस्तो नाकका कारण चिनिन्थ्यो । उनको छालाले बनाएको जुत्ता र खोपडी संग्रहालयमा राखिएको छ ।

– अमेरिकामा १९ औं शताब्दीको अन्तिम दशकमा जर्ज प्यारोट नामक डाँकुको निकै डर थियो । सुगाको जस्तो नाक भएकाले उनको नाम प्यारोट राखिएको थियो । उनलाई बिग नोज जर्ज पनि भनिन्थ्यो ।

– जर्ज लुटेरा र डाँकु थिए । उनको समयमा सबै कारोबार क्यासमा नै हुने गर्दथ्यो । जर्ज र उनका साथी घोडामा यात्रा गरिरहेका मानिसहरुलाई लुट्थे ।

– सन् १८७८ मा उनीहरुले ठूलै माछा मार्ने सोच बनाए र यूनियन प्यासिफिक ट्रेनलाई लुट्ने योजना बनाए । रेलमा कर्मचारीको सबै तलब राखिएको थियो ।

–जर्जले आफ्ना साथीसँग मिलेर व्योमिंग क्षेत्रमा नदी नजिकै रेलको ट्र्याकको पेच खोलिदिए र रेलको प्रतिक्षा गर्न थाले । रेल ट्र्याकबाट निस्कने बित्तिकै उनीहरुले सामान लुटेर फरार हुने उनीहरुले सोच बनाएका थिए ।

तर एक कर्मचारीको सतर्कताका कारण उनको योजना विफल भयो । जब उनले ट्र्याक छुट्टीएको देखे तब उनले रेलको चालकलाई पहिले नै सावधान गरिदिए र पुलिसलाई पनि बोलाए ।

जर्ज र उनका साथीहरु एल्क पहाडको र्याटलस्नेक क्यानियनमा गएर लुके । दुई पुलिस अधिकारीले उनीहरुलाई पक्राउ गर्न जाँदा दुबैको गोली हानी हत्या गरिदिए ।

यूनियन प्यासिफिक रेलरोडले जर्ज प्यारोटमाथि १० हजार डलरको इनाम राख्यो, जुन त्यो जमानामा निकै मोटो रकम थियो । पछि त्यसलाई बढाएर २० हजार डलर बनाइयो ।

जर्ज र उनका साथीलाई दुई वर्षसम्म पक्राउ गर्न सकिएन । एक दिन जर्ज मिनोटाको माइल्स सिटिस्थित एक बारमा रक्सी पिइरहेका थिए । त्यहाँ उनी आफ्नो अपराधबारे निकै बढाई चढाई कुराकानी गरिरहेका थिए । मापनहिरुले पुलिसलाई खबर दिए र उनलाई पक्राउ गरियो ।

बिग नोज जर्जमाथि मुद्दा दर्ता भयो र उनलाई मृत्युदण्डको सजायँ तोकियो । उनको जेलमा हालियो । तर मृत्युदण्ड दिनु १० दिन पहिले सन् १८८१ मार्च २२ तारिखमा उनले भाग्ने कोसिस गरे ।

जर्जले जेलरलाई घाइते बनाइदिए । घाइते जेलरले आफ्नी श्रीमतीलाई बोलाए । उनी त्यहाँ सर्भिस रिभल्भर लिएर पुगिन् र पुनः उनलाई जेलमा बन्द गर्न सफल भइन् ।

जब सर्वसाधारणलाई उक्त खबर थाहा भयो, तब धेरै मानिसहरु जेल पुगे । उनीहरुले जर्जलाई बाहिर निकाले र हत्या गरिदिए ।

जर्जको मृत शरिर लिन उनका कोही पनि आफन्त नआएपछि डाक्टर थोमस म्याघी र जोन ड्युजीन ओसबोर्नले उनको शव लिए ।

उनीहरुले जर्जको दिमागको पनि अनुसन्धान गरे तर त्यसमा केही भिन्न कुरा देखेनन् ।

त्यसपछि ओसबोर्नले जर्जको शरिरबाट जाँघ र छातीको छाला निकाले र त्यसलाई डेनवरस्थित टेनरी (छाला प्रशोधन कारखाना) पठाइदिए । उनीहरुले त्यसको जुत्ता बनाउन आग्रह गरे । छालाबाट मेडिसिन ब्याग पनि बनाइएको थियो ।

ओसबोर्न उक्त जुत्ता लगाउँथे पनि  । उनी पछि व्योमिंगका गर्भनर पनि बने । उनले शपथ ग्रहणका दिन त्यही जुत्ता लगाएको पनि भन्ने गरिन्छ ।

उनले जर्जको खोपडीको माथिल्लो हिस्सा निकालेर आफ्ना १५ वर्षका सहयोगी लिलियन हिथलाई दिए । लिलियन पछि व्योमिंग राज्यकी पहिलो महिला डाक्टर बनिन् । उनी खोपडीलाई एश ट्रेको रुपमा प्रयोग गर्दथिन् ।

ओसबोर्नले जर्जको शरिरलाई एक ह्विस्की ब्यारलमा राखेर त्यसमा नुन घोलेर भरिदिए । त्यसपछि उनले एक वर्षसम्म विभिन्न प्रकारको प्रयोग गरिरहे । अन्त्यमा त्यो ब्यारललाई डा. मेघीको अफिस पछाडि गाडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप