शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२८ वर्षको पर्खाई ६ दिनमा समाप्त, रुस नकआउट चरण नजिक

बुधबार, ०६ असार २०७५, ०७ : ५९
बुधबार, ०६ असार २०७५

एजेन्सी । लगातार दोस्रो जीत निकाल्दै आयोजक रुस सन् २०१८ को विश्वकपको नकआउट चरण नजिक पुगेको छ ।

पहिलो खेलमा साउदी अरेबियालाई ५–० गोलअन्तरले हराएको रुसले मंगलबार राती भएको खेलमा इजिप्टमाथि ३–१ जीत निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ४७ औँ मिनेटमा अहमद फाथीको आत्मघाती गोलको मद्दतले रुसले अग्रता लिएको थियो । फाथीले रोमन जोबिनको प्रहारलाई आफ्नै गोलपोष्टको दिशा दिएका थिए ।

त्यसपछि डेनिस चेरसेभले रुसको अग्रता दोब्बर बनाए भने अर्तेम जुबाले गोल गर्दै रुसको जीत सुनिश्चित गरे । 

विश्वकपको पहिलो खेल खेलिरहेका लिभरपुलका फरवार्ड मोहमद शालाहले खेलको ७३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि त्यसो इजिप्टका लागि सान्तवना गोलमात्र ठहरियो ।

यो विश्वकपका शुरुवाती सत्र खेलमा १० वटा पेनाल्टी दिइसकिएको छ जबकी सन् २०१४ मा समूह चरणका ४८ खेलमा १० पेनाल्टी दिइएको थियो भने पूरा प्रतियोगितामा १३ वटा पेनाल्टी दिइएको थियो ।

योसँगै शालाह इजिप्टका लागि विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

बुधबार साउदी अरेबियाले उरुग्वेलाई नहराए इजिप्ट प्रतियोगिताबाट स्वतः बाहिरिनेछ ।

इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना तथ्यांकमा मात्र बाँकी रहेको छ । यसका लागि उरुग्वेलाई साउदी र रुसले हराउनुपर्छ र उसले साउदीमाथि ठूलो अन्तरले जीत हासिल गर्नुपर्छ ।

यस विश्वकपमा सबैभन्दा कम वरियताको टोलीको रुपमा रहेको आयोजक रुसले भने आफ्नो घरेलु मैदानमा राम्रो प्रदर्शन गरिरहेको छ । 

सन् १९६६ पछि रुसले विश्वकपको शुरुवाती दुई खेल जितेको यो पहिलो अवसर हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत रुसका प्रशिक्षक स्टानिस्लाभ चेरचेस्कोभलाई फोन गरेर बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप