शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल अमेरिका-२०१८ मा जोडिए पूर्व अमेरिकी राजदूत डेलिसी

बुधबार, ०६ असार २०७५, ०९ : १०
बुधबार, ०६ असार २०७५

न्यूयोर्क - नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी मिस नेपाल अमेरिका २०१८ मा आवद्ध भएका छन् । उनी मिस नेपाल अमेरिका २०१८ को आयोजकमा जोडिएका हैनन् । 

उनीबाट सोरवे फाउण्डेशन नामक संस्था मिस नेपाल युएस २०१८को लागि आधिकारिक परोपकार साझेदारी (च्यारिटी पार्टनर) हुने भएको छ । पूर्व अमेरिकी राजदूत स्कट डेलिसी सोरवे फाउण्डेशनका कार्यकारी निर्देशक हुन् ।

आगामी अगस्ट १९ मा हुने मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ ।

 ‘नेपाल ११ इन्टरटेनमेन्ट’ को व्यवस्थापनमा हुने मिस नेपाल अमेरिका  (यूएस) २०१८ का लागि १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीले लागि सहभागिता जनाउन सक्नेछन् । आवेदन पत्र जुन २३ तारिख सम्म अन्तिम मिति तोकिएको छ । 

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी प्राप्त गर्नेछन् । केही समय अगाडि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी तथा आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धरलाई नियुक्त गरिएको थियो ।

न्यूयोर्कमा सन् २०११ देखि शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक युवा नेपाली उद्यमी अमित शाह हुन् । यस बर्षको प्रतियोगितामा नेपालको प्रबर्द्धन युवाको सशक्तिकरण मुल नारा राखिएको छ ।

मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् ।

सन् २०१२ मा भर्जिनियाकि आस्था श्रेष्ठ ,सन् २०१३ को तेश्रो प्रतियोगितामा बर्तिका राई, सन् २०१४ मा न्यूयोर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी भएकी थिईन् । सन् २०१५ मा न्यूयोर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी भएकी थिईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप