शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब एसबीआई बैंकको एटीएमभित्रको १२ लाख मुसाले काट्यो

बुधबार, ०६ असार २०७५, १० : ४९
बुधबार, ०६ असार २०७५

भारतको असममा स्टेट बैंक अफ इन्डिया (एसबीआई) को एटीएममा मुसाले १२ लाख भारतीय नोट काटेको छ ।

घटना जून ११ को  बताइएको छ । यसको फोटो कसैले सोसल मिडियामा हालेपछि भाइरल भएको थियो ।

जानकारीका अनुसार तिकसुकियाको एसबीआई एटीएम मेसिनले काम नगरेको जानकारी पाएपछि कर्मचारी मेशिन बनाउन पुगे । जब मेसिन खोलियो तब कर्मचारी अचम्ममा परे ।

मेसिन खोल्दा मुसाले काटेका पाँचसय र दुई हजारका भारतीय नोट भेटिएको बताइएको छ ।  यसबारे एक बैंक अधिकारीले तिनसुकियाको लैपुली इलाकाको एटीएम मे २० तारिखदेखि प्राविधिक गडबडीका कारण बन्द भएको जानकारी दिए ।   

स्रोतका अनुसार समस्याबारे जानकारी पाएपछि जून ११ मा एटीएमको रेखदेख गर्ने कम्पनी ग्लोबल बिजनेस सोलुशन (जीबीएस) का कर्मचारी मेसिन बनाउन जाँदा घटना सार्वजनिक भएको हो ।

बैंक अधिकारीले घटनाको पुष्टि गर्दै १२ लाख ३८ हजारका नोटलाई मुसाले काटेको बताए । जीबीएसले १९ मे मा २० लाख भारु मेसिनमा हालेको भोलिपल्टदेखि नै एटीएमले काम गर्न बन्द गरेको बताइएको छ ।  

घटनाको छानबिनका लागि तिनसुकियाको पुलिस थानामा एफआइआर दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप