मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा भारतको महिला जीविकोपार्जन विकास परियोजना

बुधबार, ०६ असार २०७५, ११ : ३५
बुधबार, ०६ असार २०७५

काठमाडौँ । नेपाल–भारत महिला मैत्री समाजले “जीविकोपार्जन सुधार, महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम” को तेश्रो चरण सर्लाही जिल्लामा सुरुवात गरेको छ ।

भारतीय दूतावासको सहयोग रहेको उक्त कार्यक्रमलाई दूतावासका मिसन उपप्रमुख डा. अजय कुमारले कार्यक्रमको उद्घाटन गरे ।

भारत सरकारले नेपालका भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरि चार जिल्लामा उक्त परीयोजनाका लागि ३१.९४ लाख रुपैयाँ प्रदान गरी सहयोग गरीरहेको छ । 

उक्त परियोजनाले सिलाई कटाई, श्रृंगार, बजार प्रवर्धन आदि सम्बन्धि तालिम प्रदान गरि ग्रामिण महिलाहरुको आत्म सशक्तीकारणका लागि अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

भारत सरकारले हालसम्म सर्लाही जिल्लामा १४.७९ करोड रुपैयाँ बराबरका आयोजनाहरु सम्पन्न गरेको छ । 

यी आयोजनाहरु अन्तर्गत विद्यालय भवन, लखनदेहीमा नदी तालिम कार्यहरु र ग्रामिण विद्युतिकरण कार्यक्रमहरु पर्दछन् । 

भारतको सिमाना–लक्ष्मीपुर–बलरा–गढैया र दलितका लागि सामुदायिक केन्द्रबाट पाँच किलोमिटर दुरिमा अवस्थित  मलंगवा नगरपालिकामा हाल २९.८५ करोड मुल्य बराबरका पाँच वटा विद्यालय भवनहरु, कल्भर्ट र ढलहरु निर्माण भइरहेका छन् । 

यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न संस्थाहरुलाई ३१ वटा एम्बुलेन्स र एउटा स्कुल बस सहयोग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप