बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा १८ नेपाली पक्राउ, जेलमा दुर्व्यवहार हुनसक्ने अवस्था

बुधबार, ०६ असार २०७५, १२ : ४४
बुधबार, ०६ असार २०७५

बीबीसी

ट्रम्प प्रशासनले आप्रवासी नियम कडा नियम बनाएपछि अवैध रुपमा अमेरिका बस्दै आएका कम्तीमा १८ नेपालीलाई पक्राउ गरिएको छ । साथै, ८० जना दक्षिण एशियालीलाई पक्राउ गरेर ओरेगनको कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् ।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ ।

एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन (एपिएनओ) संस्थाले स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाँच चीनियाँ र ३० जना मध्य–अमेरिकी देशहरुका आप्रवासी रहेका छन् ।

एपिएनओले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकालाई एक्लाएक्लै राखिएको र उनीहरुलाई कानूनी अधिकारबाट बञ्चित गरिएको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुलाई अनुवादकसँग सिमित पहुँच दिइएको र अहिलेको व्यवस्था अनुसार उनीहरुमाथि दुर्व्यवहारसमेत हुनसक्ने अवस्था भएको एपिएनओले जानकारी दिएको छ ।

चार दिनअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो ।

त्यसमा रहेकी सांसद सुजन बोनामिचिले तारबारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरुसँग आफूले कुराकानी गरेको बताएकी छिन् ।

उनका अनुसार पक्राउ गरिएकाहरुले आफ्नो देशमा हिंसा वा गलत रुपमा कारवाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।

उनले त्यहाँ रहेका नेपाली बन्दीहरुसँग पनि आफूहरुले कुराकानी गरेको उल्लेख गरेकी छिन् ।

वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपाली दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए  ।

ट्रम्पले गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलता नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाई गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप