शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डि गेया : युनाइटेडमा ‘हिट’, स्पेनका लागि ‘फ्लप’ ?

बुधबार, ०६ असार २०७५, १३ : ३२
बुधबार, ०६ असार २०७५

एजेन्सी । ‘बिरलै’ गरिने भनिने गल्ती कति पटक गरे पछि ‘बिरलै’ शब्द असान्दर्भिक हुन्छ ?

म्यानचेस्टर युनाइटेडको जर्सीमा डेभिड डि गेयालाई स्थिर खालको प्रदर्शनको लागि उदाहरण मानिन्छ । तर उनले आफ्नो राष्ट्र लागि भने उस्तै खेल प्रदर्शन गर्न सकेका छैनन् । 

नम्बर एकमा रहेकाहरुको पनि करियरमा गल्ती नहुने होइन तर त्यसको पुनरावृत्तिले गोलरक्षकको मूल्य निर्धारण गर्छ ।

एकातर्फ उनी सम्भवतः सबैभन्दा महान क्बल गोलकिपर हुन् तर अर्को तर्फ राष्ट्रिय स्तरमा भने बारम्बारको गल्ती उनको पहिचान बन्दै गएको छ ।

शुक्रबार पोर्चुगलको खेलमा क्रिस्टियानो रोनाल्डोको प्रयासलाई रोक्न नसकेपछिको ३–३ बराबरीको परिणाम यी २७ वर्षे खेलाडीले राष्ट्रको जर्सीमा गरेको पहिलो गल्ती थिएन ।

मार्चमा उनले एर्जेन्टिनी खेलाडी निकोलस ओटामेन्दीको हेडेरलाई गलत आँकलन गर्दा उनले हानेको डाइभ र बलको ग्यापबीचबाट गोल भयो । 

त्यसपछि विश्वकप शुरु हुनुभन्दा अघिको स्वीट्जरल्याण्डसँग भएको खेलमा उनले स्टेफन लिच्टेस्टेइनरको नियन्त्रित क्रशलाई रिकार्डो रोद्रिग्वेजको हल्का प्रहारलाई रोक्न सकेनन् ।

त्यस खेलपछि स्पेनिस प्रेससँग बोल्दै उनले “यस्तो गल्ती रसियामा हुनुभन्दा अहिले भएर राम्रो भयो,” भनेका थिए । तर, त्यसले समस्यालाई झन टड्कारो मात्र बनाएन उनले फ्रान्समा भएको युरो २०१६ मा गरेको खराब प्रदर्शनलाई पनि सम्बोधन गरेन ।

क्रोयशियाविरुद्धको खेल सकिन केही मिनेट बाँकी रहेको र स्पेन आफ्नो ग्रुपमा शिर्ष स्थानतर्फ अघि बढेको अवस्थामा डि गेयाले उनको पोष्ट नजिक इयान पेरिसिचको प्रहारलाई डाइभ गर्नुको साटो खुट्टाले प्रहार गर्न खोजेपछि चुके । त्यसपछिको अर्को खेलमा एडरको फ्रिकिक र जर्जियो चिलायनीको प्रहार रोक्न असक्षम भएपछि क्वाटर–फाइनलमा स्पेन इटालीसँग २–० ले हार्यो ।

डि गेयालाई वर्तमान सन्दर्भमा वा विगतका ठूला खेलको रेकर्डको आधारमा मूल्याङ्कन गर्दा उनको पछिल्लो प्रदर्शनलाई राम्रो मान्न सकिँदैन ।

राष्ट्रिय टिममा खेल्दा पछिल्लो चार खेलमा उनले तीन ठूला गल्ती गरे । 

स्पेनका नयाँ कोच फरनार्डो हिइरोले ग्रुप ‘बी’ मा इरानविरुद्धको दोश्रो खेलमा डि गेयाको स्थान अरुले नपाउने बताइसकेका छन् । सोमबारमा मिडियासँग बोल्दै फरनार्डोले भने, “म डेभिडलाई निक्कै शान्त देख्छु र उनीमाथि हाम्रो पूर्ण विश्वास छ । खेलाडीहरुलाई हर समय आत्मविश्वास र समर्थन आवश्यक हुन्छ र मेरो निर्णय स्पष्ट छ ।

यो समर्थनको समाचार स्पेनको मिडियामा डि गेयाको तीव्र आलोचना भइरहेको अवस्थामा आएको छ । त्यहाँ डि गेयालाई स्पेनका दिग्गज गोलकिपर इकर क्यासियाससँग तुलना गर्दै उनको आलोचना भइरहेको छ ।

स्पेनमा केहीले डि गेयाको गल्तीमा उनको दुरदर्शिता (विपक्षीको पछिको मुभ सोचेर पहिलै कदम चाल्ने) हात रहने बताइरहेका छन् । तर फेरि उनी त्यस्तै गल्ति म्यान्चेष्टर युनाइटेडबाट खेल्दा किन गदैनन् भन्ने प्रश्न पनि उठ्छ ।

बरु उनी स्पेनी दर्शकहरु अगाडी खेल्न त्यति सहज महसुस गर्दैनन् भन्ने तर्कमा बढी दम छ । डि गेयाले पोर्चुगलको खेलपछि आफ्नो देशको मिडियामा भएको आलोचनालाई मन पराएका छैनन् ।


“स्पेनले त्यति समर्थन गरेको म महसुस गर्दिन,” उनले रिपोर्टरलाई भने, “मेरो आफ्नै आलोचना पनि निक्कै खराब हुने गर्छ । मेरो जीवनको कठिन अवस्थामा तिनले बढी प्रतिरक्षा गरे हुन्थ्यो भन्ने लाग्छ, विशेष खेल मैदानभन्दा बाहिर भएका घटनाहरुमा ।”

उनले आफ्नो देशमा समर्थनको अभाव भनेर सन् २०१६ मा उनीमाथि लागेको यौनहिंसाको अरोपलाई भनेका हुन सक्छन् । त्यो घटनाले उनलाई पारेको मानसिक असरले उनमा राष्ट्रिय जर्सीमा असजहताको मानसिकता निर्माण भएको हुनसक्छ ।

यसले निश्चय पनि डि गेयाले क्लब र राष्ट्रियको टिममा किन फरक–फरक स्तरको प्रदर्शन गरिरहेका छन् भन्ने कुरालाई स्पष्टसँग व्याख्या गर्न सक्छ ।

सत्य जे सुकै भएपनि म्यान्चेष्टर युनाइटेड डि गेयाको स्पेनी टिममा रहेको प्रदर्शनकै आधारमा उनको क्षमताबारेमा मूल्याङ्कनमा धमिल्याउन चाहँदैन ।
“उनी यस्तो गल्ती हाम्रोमा गर्दैनन्...उनी यो सिजनका उत्कृष्ट खेलाडी हुन्, जसले अत्यन्त राम्रो प्रदर्शन गरे,” शुक्रबारको खेलपछि आरटीसँग बोल्दै म्यान्चेष्टर युनाइटेडका म्यानेजर जोसे माउरिनोेले भने । “तर उत्कृष्टलाई पनि यस्तो हुन्छ । र, उत्कृष्टहरुको राम्रो पक्ष भनेको उनीहरु अर्को खेलका लागि तयार रहन्छन् – डर मुक्त, खेलका लागि आत्मविश्वास र टिमलाई सहयोग गर्न तत्पर अवस्थामा ।”

यही कुरामा हिएरो र स्पेनको भरोसा रहेको छ । अब इरानसँग हुन लागेको खेलमा र सम्भवत बाँकी पाँच खेलमा म्यानचेस्टर युनाइटेडका डेभिड डि गेयाले पछिल्लो समयको गल्ती दोहा¥याउने भन्दा पनि विपक्षीको बल र पोस्ट अभेद्य पर्खाल बन्नेछन् भन्ने आशा रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप