मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

बुधबार, ०६ असार २०७५, १४ : १४
बुधबार, ०६ असार २०७५

एजेन्सी– अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । 

अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ । 

‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन ९एएचआरसी०’ ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ ।। बुधबारबाटै यो अनुसन्धान थालिएको उक्त कमिसनले जनाएको छ । 

सो कमिसनले भनेको छ– हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ । 

अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए । यस विषयमा सरकारले पनि ठूलो चासो व्यक्त गरेको थियो । 

सो अवस्थालाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने उद्देश्यले उक्त मानवअधिकार कमिसनले यस विषयको अनुसन्धान थालिएको बताएको छ । 

कार्यक्षेत्रमै हुने गरेको यस्तो यौनजन्य अपराधलाई के कसरी हटाउन सकिन्छ भन्ने बारेमा यस अनुसन्धानपछि सुझाव दिने र यसले सरकारी तथा गैरसरकारी निकायलाई पनि यस सम्बन्धी नीति निर्माणमा सघाउने उक्त कमिसनले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप