बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बीमा बजारमा जनरल ईन्स्योरेन्स कम्पनी, आजैबाट कारोवार शुभारम्भ (भिडियो)

बुधबार, ०६ असार २०७५, १६ : ३७
बुधबार, ०६ असार २०७५

काठमाडौं । नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरे पश्चात् कारोबार सुरु गरेको हो । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीका अध्यक्ष कुनाल क्यालले कारोवार शुभारम्भ गरे । 

७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनिको चुक्ता पुँजी १अर्ब रुपैयाँ रहेको छ । नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित व्यापारिक घराना समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना बनाएको छ ।

आगामी दिनबाट नै समस्त नेपालीका लागी बीमाको नयाँ नयाँ प्याकेज लिएर देशैभर शाखा सञ्जाल मार्फत आफ्नो दरिलो उपस्थिति जनाउने तयारीमा जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड रहेको कमपनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप