शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेती नदीमा डुबेर युवक बेपत्ता

बुधबार, ०६ असार २०७५, २० : २७
बुधबार, ०६ असार २०७५

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै आएका १६ वर्षीय रामबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता युवकको प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र बनाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप