मुख्यमन्त्री राउत भन्छन्- मुलुकमा संक्रमणकाल अझै कायम छ
धनुषा - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायम रहेको बताउँदै तीनै तहका सरकारले एक अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
निर्वाचन आयोगले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रदेश नं २को निर्वाचन समीक्षा कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै (संघीय, प्रदेश र स्थानीय) तहको सरकारबीच समन्वय र अस्तित्वलाई स्वीकार नगर्नुलाई संक्रमणकालको संज्ञा दिए ।
तीनै तहको सरकारबीच समन्वय गरेर अस्तित्वलाई स्वीकार गर्ने चुनौती रहेको उनको भनाइ थियो ।
स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद दिए ।
सो अवसरमा निर्वाचन आयुक्त इला शर्माले प्रहरीमा ५० प्रतिशत महिलाका लागि व्यवस्था गरिएकामा प्रदेश सरकारको प्रशंसा गरे ।
समीक्षा बैठकमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद