शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब विमानभित्रै आइपुगे भिखारी (भिडियोसहित)

बिहीबार, ०७ असार २०७५, ०९ : १३
बिहीबार, ०७ असार २०७५

बसबाट यात्रा गर्दा कहिलेकाँही भिखारीले तपाईंलाई पनि दुःख दिएको होला तर पाकिस्तानमा भने विमानभित्रै भिखारीले यात्रुसँग पैसा मागिरहेको भिडियो सार्वजनिक भएको छ । कराँचीबाट बैंकक जाँदै गरेको विमानभित्र भिखारी देखेपछि सबै यात्रु अचम्ममा परेका थिए ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानका उड्डयन मन्त्रालयले यसबारे स्पष्टिकरण दिँदै ती व्यक्ति पाकिस्तानका नागरिक नभएको बताएका छन् । पाकिस्तानको एक टेलिभिजन च्यानलले ती व्यक्ति इरानको नागरिक भएको दाबी गरेको छ ।

सोसल मिडियामा भाइरल भएको भिडियो अनुसार ती भिखारीले यात्रुसँग पैसा मागिरहेका बेला एयरहोस्टेजले उनलाई विमानभित्र यसो गर्न मनाही भएको बताउँछिन् । ती भिखारीलाई हटाउन एक पुरुष यात्रुले पनि एयरहोस्टेजलाई सहयोग गर्छन् ।

निकै अचम्ममा परेका दुई यात्रुले भिखारीलाई पैसा दिन भ्याए । यद्यपी, चालक दलका सदस्यले उनलाई विमान बाहिर निकाल्न निकै कसरत गरे ।

विमानभित्र भिखारी छिर्नु पहिलो घटना भएकाले यसले सोसल मिडियामा निकै चर्चा बटुलेको छ ।

स्रोतलाई उद्धृत गर्दै पाकिस्तानटुडेलका अनुसार उक्त भिडियो दोहा–सिराज फ्लाइटमा खिचिएको हो । भिखारी भनिएका ती व्यक्ति इरानका निर्वासित हुन् र पर्सियन भाषा बोलिरहेका छन् । भिडियो खिच्ने महिला पनि पर्सियन मै बोलिरहेकी छिन् । ती व्यक्तिका अनुसार उनलाई डिपोर्ट गरिएको थियो । आफूसँग थोरै पनि पैसा नभएकाले यात्रुसँग सहयोग मागिरहेको स्रोतले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप