विवादका कारण ‘रोजी’को छायाँकन अनिश्चित
काठमाडौँ । विवादका कारण छायाँकन रोकिएको चलचित्र ‘रोजी’को छायाँकन दिन प्रतिदिन अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले रोकिएको थियो ।
चलचित्र बिकाश बोर्डले निर्माण युनिट, रोजीको परिवार र ज्याँपू समुदायलाई एक ठाउँमा राखेर विवाद मिलाउने प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकिरहेको छैन ।
बुधबार पनि चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले चलचित्रको शीर्षक नै परिवर्तन गर्नु पर्ने लगायतका केही अडान राखेपछि एक महिना पछि गर्ने भन्दै वार्ता रोकिएको विकाश बोडले जनाएको छ ।
रोजी परिवारले चलचित्रको मूर्हुतको समाचार बाहिर आएदेखिनै निर्माणको विषयमाथि आपत्ति जनाउँदै आएका छन् । चलचित्र विकास बोर्डमा रोजी परिवारले छायाँकन रोक्न निवेदन हालेपछि केही पहिले विकाश बोडले छायाँकन रोकेको थियो ।
चलचित्र रोजीका निर्माता निर्देशक निरक पौडेलले चलचित्रको छायाँकन रोक्न नहुने बताएका छन् । ‘छायाँकन रोकिदा लाखौँको नोक्सानी भएको छ,’ निर्देशक पौडेलले भने ‘यसको पुर्ती कस्ले गर्छ ।’
रोजीका परिवारले चलचित्रको नाम परिवर्तन गरेर छायाँकन गर्न सकिए बताए ।
गोपीकृष्ण मुभिज प्रा.लिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘रोजी’ प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर