शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पानामा पेपर : मेस्सीको झुटको पर्दा खुल्यो

बिहीबार, ०७ असार २०७५, १६ : ३९
बिहीबार, ०७ असार २०७५


पानामा पेपर्सले अफसोर वित्तिय प्रणालीलाई हल्लाएको दुई वर्ष पछि कानुनी संस्था मोसाक फोन्सेकाका थप नयाँ काजगाजहरुले विश्वका धनीहरुले कर नतिर्नका लागि अफसोर फर्ममा पैसा लुकाउन गर्ने अभ्यासबारे थप नयाँ जानकारीहरु बाहिर आएका छन् ।

यसमा अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीको नाम पनि जोडिएको छ । मेस्सीका अतिरिक्त हालका अर्जेटिनी राष्ट्रपति परिवार र एक पूर्व कुवेती उच्च पदस्थ अधिकारीको नाम पनि यसमा जोडिएको छ । यी कुवेती अधिकारीलाई उनको देशको सामाजिक सुरक्षा प्रणालीबाट लुटेको आरोप लागेको छ ।

यी दस्ताबेजहरुले मोसाक फोन्सेकाले आफ्ना ग्राहकहरुको पहिचान सार्वजनिक हुने अवस्थालाई रोक्न गरेका प्रयासहरु पनि खुलाएको छ ।

यो पटक इन्टरनेसनल कन्सोरटियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (खोज पत्रकारहरुको अन्तराष्र्टिय संघ÷आईसीआईजे) ले अघिल्लो पटक एप्रिल २०१६ मा सार्बजनिक गरेको केही महिना अघिका १२ लाख कागजातहरु सार्बजनिक गरिएको हो । 

आईसीआईजेलाई यी कागजातहरु मोसाक फोन्सेका भित्रको अज्ञात स्रोतले चुहाएको हो । खासमा पहिलो पटक स्रोतले कागजात जर्मन पत्रिका सुडेउच जेइटङलाई दिएको थियो । जर्मन पत्रिकाले यी फाइलहरु आईसीआईजे र विश्वभरी रहेका उसका १०० मिडिया सहकर्मीहरुलाई बाँडेपछि तिनले यसलाई सार्वजनिक गरेका थिए ।

मेस्सीको झुटको पर्दा खुल्यो

पहिलो पटक सार्वजनिक भएको पानामा पेपर्सका कागजातले लियोनल मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफसोर फर्ममार्फत कारोबार गरेर कर छलि गरिरहेको खुलासा गरेको थियो ।

आईसीआईजेले पहिलोपटक पानामा पेपर्स सार्वजनिक गरेपछि मेस्सीले आईसीआईजे र उसका सहकर्मी मिडिया सस्थाहरुलाई मेघा स्टार इन्टरप्राइजेज ‘पूर्ण रुपले निष्क्रिय’ रहेको बताएका थिए । तर, हाल बाहिर आएका मोस्साक फोन्सेकाको अभिलेखमा रहेका आन्तरिक इमेलहरुले मेस्सीको दाबीमा प्रश्न उठाइदिएको छ ।

मेस्सीको दाबी गरेको एक महिनापछि मे २०१६ मा फोन्सेकाका एक कर्मचारीले इमेलमा लेखेका छन् “युरुग्वेमा रहेको अफिसले मलाई बताए अनुसार मेस्सीले उक्त कम्पनी अहिले पनि प्रयोग गरिरहेका छन् ।”
त्यसको दुई महिना पछि सन् २०१६ जूलाईमा मोस्साक फोन्सेकाले मेघा इन्टरप्राइजेजको दर्तावाल एजेन्टबाट राजिनामा दिएको थियो । यो त्यही महिना हो, जब स्पेनको अदालतले मेस्सीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजायँ र २० लाख युरो जरिवानाको निर्णय सुनाएको थियो ।

अर्जेन्टिनाका राष्ट्रपति माक्र्रीसँग जोडिएको ‘अत्यन्त जोखिमपूर्ण’ योजना

पानामामा रहेको मोसाक फोन्सेकाको प्रधान कार्यालय र उरुग्वेस्थित उसको शाखा कार्यालयबीचमा सन् २०१६ सेप्टेम्बर र अक्टोबरमा भएको इमेलमा आफैले बाहमासमा गठन गरेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ अर्जेन्टिनी राष्ट्रपतिसँग सम्बन्धित रहेको बारेमा आफूलाई थाहा नभएको देखाउन कागजातहरु पूरानो मितिमा बनाउने बारेमा कर्मचारीहरुले छलफल गरेको देखिन्छ । 

म्यार्की र उनको परिवारका सदस्य फ्लेग ट्रेडिङ्गको निर्देशकहरु रहेको पहिलो पानामा पेपर्सले नै देखाएको थियो । उनका पिता यसका मालिक थिए । 

सन् २०१६ मा कर छली लुकाउनका लागि फोन्सेकाका कर्मचारीहरुले म्यार्कीका लेखापाललाई एक वर्ष पुरानो मिती राखेर एक हस्तलिखित कागजात तयार पार्न छलफल गरेको खुलेको छ । लेखापालले भने यस प्रस्ताब अस्वीकार गरेका छन् । मिती परिवर्तन गर्नु ‘अत्यन्त जोखिमपूर्ण’ हुन्छ भन्दै उनले यसको कारणमा कागजातको यथार्थ ‘कुनै पनि विज्ञ क्यालिग्राफरले सजिलै पत्ता लगाउन सक्छ ।’ बताएका छन्
त्यसपछि इमेलमा अर्जेन्टिनी राष्टपतिको संलग्नता खुलाईको छ । कर्मचारीहरुले इमेलमा एक अर्कासँग “यसमा अर्जेन्टिनाका राष्ट्रपति र उनको परिवार जोडिएका छन्,” त्यही कारणले ग्राहकले ‘दाउ’ खेल्न चाहेनन् भनेका छन् ।

नयाँ फाइलहरुबाट मोस्साक फोन्सेकालाई म्यार्कीको परिवारको अर्को शेल कम्पनी बीएफ कर्पोरेशनसँगको सम्बन्धन पनि थाहा नभएको देखिएको छ । बीएफ करपोरेशन म्यार्कीका भाइहरुको स्वामित्वमा छ । 
हराएका करोडौं रकममा मलेशिया, कुवेत र रसियाली नेताहरुको सम्बन्ध

नयाँ कागजातहरुले राज्यस्तरमा भएका लुट र नेताहरुको बैंक खाता र अफसोर सम्पतीमा भएको एक्कासीको बढोत्तरीको पनि खुलासा गरेको छ । 

कागजात अनुसार मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाई मोहम्मद निजाम विन अब्दुल रजाकको स्वामित्वमा ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको इभर–ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड नामक कम्पनी रहेको छ । सार्वजनिक भएका फाइलहरु अनुसार यस कम्पनीको अमेरिकामा सम्पत्ति देखिन्छ । 

यही वर्षको मेमा भएको संसदीय निर्वाचनबाट हारेका रजाकमाथि हाल उनको कार्यकालमा राज्यको लगानी कोषबाट भएको अर्बौँ डलरको हिनामिनाको खोजबिनको लागि भइरहेको अनुसन्धान अन्तर्गत केरकार भइरहेको छ । अनुसन्धानको केन्द्रमा यी पूर्वको प्रधानमन्त्रीको खातामा स्थान्तरण भएको १ करोड ६ लाख अमेरिकी डलर रकम छ । तर पूर्व प्रधानमन्त्री रजाकले यस घटनामा आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् । 

तर, नयाँ पानामा पेपर्सका कागजातहरुले रजाकका छोरा मोहमद नजिफुद्दिन बिन मोहमद नजिबको नाममा दुई वटा अफसोर कम्पनी दर्ता भएको खुलासा गरेको छ ।

त्यस्तै अर्को घटनामा नयाँ कागजातमा मोसाका फोन्सेकामा दर्ता भएको एउटा कम्पनीको स्वामित्व कुवेतको सामाजिक सुरक्षा प्रणाली सम्बन्धि एजेन्सीका पूर्व प्रमुख फहद अल–रजानको नाम रहेको उल्लेख छ । रजानलाई सन् २०१६ मा फरार अवस्थामा ३९ करोड अमेरिकी डलर अपचलन गरेको दोषी पाइएको थियो । रजानको स्वामित्वमा टव्नी रियल स्टेट्स लिमिटेडमा छ । यो सस्थाँको स्वामित्वमा मकाउमा एक एपार्टमेन्ट र एक स्वीस बैंक रहेको पानामा पेपर्सले देखाएको छ ।

अल–रजानलाई पछि सन् २०१७ एप्रिलमा बेलायतमा पक्राउ गरियो ।

फाइलमा रहेको अर्को नयाँ नाम भनेको रुसका ओलिगार्क विटाली मल्किन हुन् । रुसमै सन २०१३ मा मल्किनको बाह्य देशमा सम्पती रहेको रिपोर्ट आए पछि उनले रुसको माथिल्लो सदनबाट राजीनामा दिएका थिए । आईसीआईजेका नयाँ कागजात अनुसार मल्किनको स्वामित्वमा अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेड र टप मेट्रिक्स होल्डिङ्ग लिमिटेड नाममा दुई कम्पनी ब्रिटिस भर्जिन आइल्याण्डस्मा रहेका छन् । अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेडका नाममा स्वीस बैंकको अकाउन्टमा २० करोड अमेरिकन डलर रहेको देखिएको छ । 

अन्य प्रमुख नामहरुमा काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ छिन् । उनको ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको एक अफसोर कम्पनीमा लगानी देखिन्छ । 

त्यस्तै संसारका अन्य राजनीतिककर्मी, सेलिब्रेटी, अपराधी लगायतको नाम पनि नयाँ पानामा पेपर्सका दस्ताबेजहरुले सार्वजनिक गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप