शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याद गुज्रिएको सामान बेच्नेमा भाटभटेनी पनि, कालोबजारी ऐन अन्तरगत म्याद थपेर अनुसन्धान हुँदै

बिहीबार, ०७ असार २०७५, १७ : ००
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दा सात जना व्यापारीलाई  पक्राउ गर्यो । र, पक्राउ परेका ती सबै ब्यापारीलाई काठमाडौँ र ललितपुर प्रहरीको जिम्मा लगायो । 
त्यही भिडमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर कलंकीका कर्मचारी राजाराम तिवारी पनि पक्राउ परे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार भाटभटेनीले म्याद गुज्रिएको घ्यू जस्ता खाद्यान्नको बिक्री वित्तरण गरेको भेटिएपछि कर्मचारीलाई पक्राउ गरेको हो ।

महानिर्देशक गौचन भन्छन्, ‘भाटभटेनी जस्तो ठूलो व्यवसायले म्याद गुज्रिएको सामान बेच्नु भनेको दुर्भाग्य हो, यसले भाटभटेनीको शाख गिर्न सक्छ ।’ 

गौचनले घ्यु लगायतका केही सामानमा म्याद गुज्रिएको पाएकाले स्टोरमा शिल नलगाई कर्मचारीमात्र पक्रिएको बताए । कागजात लिएर सञ्चालक बोलाउने र प्रमाण पुगे सचेत गराएर छोड्ने, नभए कालोबजारी ऐन अन्तरगत सजाय गर्ने तयारी गरिएको उनले जानकारी दिए ।  

विभागले बुधबार २५ थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो जसमध्ये सात वटामा म्याद गुज्रिएको सामान राखेको, मूल्य सुचि नटाँसेको, उत्पादन मिति उल्लेख नभएको पाएपछि विभागले उनीहरुलाई पक्राउ गरेर काठमाडौ र ललितपुर पुलिसलाई जिम्मा लगाएको हो । 

पक्राउ पर्नेमा पञ्च स्टोर बालकुमारीका सागर मानन्धर, तिमल्सिना किराना एण्ड खाद्य स्टोर बालकुमारीका महेश तिमल्सिना, बंगलामुखी स्टोर बालकुमारीका नरोत्तम फैजु, शिवज्योती ड्रेडिङका ध्रुव प्रसाद गुप्ता, भाटभटेनी कलंकीका राजाराम तिवारी, सुरजस्टोर जोरपाटीका सुरज श्रेष्ठ, रोसी सुपरमार्ट गोंगबुका नगेन्द्र पनेरु रहेका छन् । 

काठमाडौं प्रहरीले ४ व्यवसायीको अनुसन्धान म्याद थप्यो, ललितपुरले  ५ दिन म्याद थप्यो 
महानगरीय प्रहरी परिसर काठमाडौले कालोबजारी ऐन अन्र्तगत म्याद गुज्रेको, मूल्य सुचि नराखेकोका कारण पक्राउ परेको ४ व्यवसायीको अनुसन्धानको लागि म्याद थप गरेको छ । शिवज्योती ट्रेडिङका ध्रुव गुप्ता, सुरज स्टोरका सुरज श्रेष्ठ, रोसी सुपरमार्टका नगेन्द्र पनेरु र भाटभटेनी कलंकीका ब्यावसायीलाई काठमाडौ महानगरीय परिसरले अनुसन्धानका लागि म्याद थप गरेको छ । 

यता, महानगरीय प्रहरी परिसर ललितपुरले पनि पञ्च स्टोरका सागर मानन्धर, बंगलामुखी स्टोरका नरोत्तम फैजु  र तिमल्सिना किराना एण्ड खाद्य स्टोरका महेश तिमल्सिनालाई ५/५ दिनको म्याद थपेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप