बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरहरा निर्माणका लागि नेपाली र चिनियाँ कम्पनीको प्रतिस्पर्धा, एक दर्जन कम्पनीको आवेदन

बिहीबार, ०७ असार २०७५, १८ : ०५
बिहीबार, ०७ असार २०७५

काठमाडौं– धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन् । पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ई–टेण्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएका हुन् । त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ । 

नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरि ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए । आवेदन दिएका सबै कम्पनीको मूल्याँकन पछि सम्बन्धित कम्पनिलाई जानकारी गराएर एकसाता पछि ई–टेण्डर खोलिने पनि उनले जानकारी दिए ।

लिफ्ट सहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आव्हान गरेको ई–टेण्डरको समय विहिबार सकिएको छ । रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् । त्यसैगरी आशिष निर्माण , रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि सिलन्यास गर्ने गरि दु्रत गतिमा काम अघि बढाईएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप