नाबालक साहको हत्यामा संलग्न कोही पनि उम्किन पाउँदैनः प्रभु साह
सञ्जय मिश्रा
रौतहट– पूर्वमन्त्री एवं सांसद प्रभुु साहले नाबालक युुवराज साहको हत्यामा संलग्न कोही पनि उम्किन नसक्ने दावी गरेका छन् । कटहरिया नगरपालिका वडा ९ डुुमरियास्थित पिडित परिवारसँग बिहिवार भएको भेटघाटको क्रममा पूर्वमन्त्री साहले सो दाबी गरेका हुन् ।
सांसद साहले आफुु र पुुरै सरकार न्यायको पक्षमा उभिएकाले कुनै पनि बहानामा कोही अपराधी जोगिन नसक्ने प्रतिबद्धता समेत व्यक्त गरे । यो घटनाका सम्बन्धमा अपराधीलाई कडा से कडा सजाय दिलाउन आफुले सदनमा समेत आवाज उठाएको बताउँदै उनले कुनै सुनुवाई नभए आफुहरु आन्दोलन गर्न समेत पछि नपर्ने चेतावनी दिए ।
पीडित परिवारसँगको भेटका क्रममा प्रदेशसभा सांसद कुुन्दन कुुश्वाहा,पुूर्व सांसदद्धय देवेन्द पटेल,सत्यनारायण भगत, नेकपाका युुवा नेता युुवराज भट्टराई समीर लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच बारा प्रहरीको लापरवाहीको कारण १२ बर्षीय नाबालक युुवराज साहको हत्यामा संलग्न रहेको आरोप लागेका एकजना प्रहरी जवान फरार भएको पडित परिवारले बताएका छन् ।
नाबालक हत्याका मुुख्य योजनाकार कटहरिया नपा वडा ९ का वडा अध्यक्ष रामाज्ञा यादवका आफनै भाई प्रहरी जवान होशनारायण यादव बारा प्रहरीको गैरजिम्मेवारीका कारण फरार भएको मृतकका ठुुलोबुुवा उधोगपति ओमप्रकाश जयसवालले बताए ।
उता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन्द्र केसीका अनुुसार घटनालगतै अभियुुक्त प्रहरीलाई हाजिर गराउन लिखित पत्र पठाएको र पटक–पटक मौखिक तागेदा गर्दा पनि बेवास्ता गरिहेकै बेला उनी सम्पर्कबिहिन भएको बताए । सम्पर्कबिहिन भएकाले उनको खोजी भइरहेको समेत एसपी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा