बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजका पत्रपत्रिकाका सम्पादकीय : 'समृद्धिमा चिनिया सहयोग'

शुक्रबार, ०८ असार २०७५, ०७ : ४३
शुक्रबार, ०८ असार २०७५

पाँच हजार बर्ष पुरानो परम्पराका रुपमा रहेको योग फेरि हाम्रो जीवनको उउटा अभिन्न अंग बन्न थालेको छ । 
चौटथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार संसारभरि यसको अभ्यास गरेर मनाईएको छ । 
नेपाल र भारतमा योगलाई विशेष महत्वका साथ लिइने भएकाले यसलाई झनै उत्साहका साथ आत्मासत् गर्न थालिएको छ ।, आजको नागरिक दैनिकमा 'योग साधना' शिर्षकमा सम्पादकीय छापिएको छ । 

त्यस्तै, ५ दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली चीनका उच्च पदाधिकारीसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । 
बुधबार प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटघाट भयो । 
सो अवसरमा चिनियाँ राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपलालाई सधैँ सहयोग गर्दै आएको चर्चा गर्दै नेपालको समृद्धिको अभियानमा समेत सघाउने बताउनुभयो ।, आजको गोरखपत्र दैनिकमा 'समृद्धिमा चिनिया सहयोग' शिर्षकमा सम्पादकीय छापिएको छ । 

एक बर्षयता सम्पन्न स्थानीय तह, प्रदेश तथा संघको निर्वाचनमा नराम्ररी पराजित हुन पुगेको नेपाली कांग्रेस अझै सम्हालिन सकेको छैन । 
पराजयको पीडालाई शक्तिमा बदल्न आन्तरिक एकता कामय गरी पार्टी सुदृढ बनाउनेतर्फ कांग्रेस नेतृत्व उदासीन देखिएको छ ।, आजको कान्तिपुर दैनिकमा 'कांग्रेसमा पुनर्ताजगीको खाँचो' शिर्षकमा सम्पादकीय छापिएको छ । 

प्रधानमन्त्री कपी शर्मा ओली यतिखेर चीन भ्रमणमा हुनुहुन्छ ।
भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेट वार्ता गरिसक्नुभएको छ । 
भेटवार्ताकाक्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङले आफ्नो मुलुक नेपालका विकास यात्रामा साझेदारी बन्न तयार रहेको बताउँदै चिनियाँ रेल छिट्टै काठमाडौं जोडिने विश्वास व्यक्त गर्नुभएको छ ।, आजको नेपाल समाचारपत्रमा 'सम्बन्ध कसिलो बनाउ' शिर्षकमा सम्पादकीय छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप