शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए अध्यक्ष भवन भट्टसँग क्यानाडामा अन्तरकृया हुने

शुक्रबार, ०८ असार २०७५, १० : ०५
शुक्रबार, ०८ असार २०७५

गोकर्ण लामिछाने 

क्यानाडा । गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट क्यानाडा आउने भएका छन् । भट्ट क्यानाडा आएकै मौका पारेर एनआएएनए क्यानाडाले अन्तर्कृया कार्यक्रम गर्ने तय गरेको छ । उनी लाइन्स क्लब इन्टरनेसनल अधिबेशनमा टोरोन्टो आउन लागेका हुन् । 

‘एनआएएनए अध्यक्ष क्यानाडा आउनुभएको बेला यहाँ रहेका नेपाली समुदाय बिच गैर आवासिय नेपालीका एजेन्डाहरुमा छलफल गराउने प्रयास स्वरुप यो कार्यक्रम गर्न लागिएको हो’ कार्यक्रम संयोजक अभिमन्यू बस्नेतले बताए । उनले भने ‘यो हामी क्यानाडामा रहेका नेपालीहरुका लागि महत्वपूर्ण अबसर हो सबैजना कार्यक्रममा सहभागी भएर संघ अध्यक्षसँग आफ्ना जिज्ञासा, गुनासो र सुझाव राखौँ ।’

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउने रोटरी क्लबका सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । एनआरएनए आईसिसी सदस्यहरु, एनआरएन क्यानाडाका अध्यक्ष लगायतको टिम, जिटिएमा रहेका नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको आफ्ना बिषय प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ । 

भवन भट्टसंगको अन्तर्कृया कार्यक्रम आउँदो शनिबार बिहान १०ः३० बजे टोरोन्टोस्थित काठमाडौँ रेष्टुरेन्टमा हुनेछ । उनी निर्वाचित भएपछीको यो पहिलो क्यानाडा भ्रमण हो । अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा रहेका भट्ट चीनबाट सिधै क्यानाडा आउन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप