शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याजदर सहमतिको भोलिपल्ट बैंकहरुले धमाधम घटाए ब्याजदर, कुन बैंकको कति छ  ?

शुक्रबार, ०८ असार २०७५, ११ : ३२
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ । बैंकहरुले ब्याजदरमा सीमा लगाएसँगै धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन्  । बिहिबार बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत भन्दामाथि नजाने गरी सहमति भएको थियो । 

ब्याजदरको सीमामा रहने सहमति भएको भोलिपल्ट बैंकहरुले सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर कायम गरेका छन् । 

निक्षेपको ब्याजदर प्रकाशित गर्नेमा एनसीसी बैंक रहेको छ । यसले असार ८ गतेबाटै लागु हुने गरी बचतमा ७ प्रतिशतसम्म र मुद्दति निक्षेपमा  साढे १० प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । 

यस्तै आजैबाट लागु हुने गरी नेपाल बंगलादेश बैंकले पनि बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा १० प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ । 

ग्लोबल आइएमई बैंकले  साढे १० प्रतिशत सम्म मुद्दति निक्षेपको ब्याजदर कायम गरेको छ भने प्राइम बैंकले बचतमा ७ र मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याजदर प्रकाशित गरेको छ ।

यस्तै सिद्धार्थ बैंकको पनि ७ र ११ प्रतिशत रहेको छ । माछापुछ्रेको बचतमा ६ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंकको मुद्दतिमा साढे १० प्रतिशतसम्म छ । प्रभु बैंकको साढे १० प्रतिशतसम्म छ । यता  सेञ्चुरी बैंकले पनि साढे १० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप