शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारी र शाखा कार्यलय पुरस्कृत

शुक्रबार, ०८ असार २०७५, १३ : ०८
शुक्रबार, ०८ असार २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५३ औं वाषिकोत्सबको अवसरमा आफ्ना उत्कृष्ट कर्मचारी र शाखा कार्यलयहरुलाई पुरस्कृत गरेको छ । २०७४ माघ १० गते घोषणा गरिएको उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहकाबीच बिहिबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले पुरस्कार वितरण गरे ।

कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्याललाई नगद ५० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । बैंकले उत्कृष्ठ शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई नगद ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।

त्यसैगरी बैंकले अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद १० हजार देखि ३० हजार सम्म र प्रमाणपत्र प्रदान गर्यो । 

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने विचार ब्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप