बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिराहाको बेल्हामा ग्लोबल आइएमई बैंकको ९०औं शाखारहित बैंकिङ्ग सेवा सुरु

शुक्रबार, ०८ असार २०७५, १३ : २३
शुक्रबार, ०८ असार २०७५

सिराहा । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका १२, बेल्हामा आफ्नो ९० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले शाखारहित बैंकिङ्ग सेवाको उद्घाट गरे । बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको बेल्हाका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप