मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको लखन्तरीमा एनआईसी एशिया बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा

शुक्रबार, ०८ असार २०७५, १३ : ३०
शुक्रबार, ०८ असार २०७५

मोरङ । एन आई सी एशिया बैंक लिमिटेडले मोरङको ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ एनआईसीले शाखा विस्तार गरेको जनाएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाका उपाध्यक्ष श्रीमती फुल कुमारी चौधरीले गरिन् । त्यसैगरी शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्रीमती मनचन चौधरीलाई नियुक्त गरेको बताएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप