समयमै वित्तिय विवरण नबुझाएका ५ बीमा कम्पनीलाई कारवाही हुने
काठमाडौं– समयमै परिस्कृत वित्तिय विवरण नबुझाएका पाँच बीमा कम्पनीलाई नियामक बीमा समितिले कारबाही गर्ने भएको छ । उनीहरुलाई कारबाही स्वरुप ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने बीमा समितिका एक अधिकारीले भने । यद्यपि, जरिवानाका सम्बन्धमा समितिले अन्तिम निर्णय गर्न भने बाँकी रहेको ती अधिकारी बताउँछन् ।
समयमै वित्तिय विवरण पेश नगर्नेमा राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स लगायत ५ कम्पनी रहेका छन् । बीमा ऐनले आर्थिक वर्ष सकिएको १० महिनाभित्र परिस्कृत वित्तिय विवरण बुझाउनुपर्ने प्रावधान छ । यस आधारमा चालू आर्थिक वर्षको (२०७४/०७५) को १० औं महिना अर्थात बैशाखसम्म वित्तिय विवरण बुझाउनुपथ्र्यो । तर, यी कम्पनीहरुले आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरण अझै बुझाएका छैनन ।
अब उनीहरुलाई बीमा ऐनको दफा ३६ आकर्षक हुने ती अधिकारीले भने । ऐनको दफा ३६ ले ती कम्पनीलाई ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ । यही दफा अनुसार उनीहरुलाई जरिवाना हुने बीमा समितिका ती अधिकारीले भने । विवरण पेश गरेपछि बिमकको लाइसेन्स नविकरण हुने प्रावधान छ । परिस्कृत विवरण नबुझाएकाले उनीहरुले लाइसेन्स नविकरण पनि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर