शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकद्वारा स्कूललाई कम्प्युटर हस्तान्तरण

शुक्रबार, ०८ असार २०७५, १५ : १३
शुक्रबार, ०८ असार २०७५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको बैंकल जनाएको छ ।

उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप