शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या

शुक्रबार, ०८ असार २०७५, १७ : २९
शुक्रबार, ०८ असार २०७५

अफगानिस्तान । अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ । 

अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी झडपको क्रममा चार प्रहरीले समेत ज्यान गुमाएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् । 

कान्दाहार प्रान्तको दुर्गम इलाकामा पर्ने स्पिनबोल्दाक जिल्लाको सिरा सहान क्षेत्रमा सो घटना भएमो प्रान्तीय प्रहरी विभागद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

सकड निर्माणकार्यमा संलग्न मजदुरको अपहरणपछि प्रहरी त्यस क्षेत्रमा पुगेका र यसपछि भएको झडपको क्रममा चार प्रहरीले ज्यान गुमाउनु परेको प्रहरी विभागबाट जारी विज्ञप्तिमा जनाइएको छ । 

अपहरणमा परेका मजदुरलाई मुक्त गराउने कोशिस जारी रहेको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

सुरुमा दिइएको एक समाचारमा १३ मजदुर र १९ सुरक्षाकर्मी अपहरण भएको बताइएको थियो । यस अपहरण र झपडको कुनै पनि समूहले जिम्मा लिएको छैन । 

तर पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस जिल्लामा तालिबान आतङ्ककारीको बलियो उपस्थिति रहेकोले यस घटनामा पनि उनीहरुकै हाल रहेको हुनसक्ने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप