शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिलेनियम बेबी केयरको पामिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक

शुक्रबार, ०८ असार २०७५, १८ : ३६
शुक्रबार, ०८ असार २०७५

काठमाडौं । मिलेनियम बेबी केयर, भारतमा आधारित प्याण्ट स्टाईलको बेबी डाइपर उत्पादक कम्पनीले नेपालमा आफ्नो बेबी केयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ ।

डायमण्ड नेपाल प्रा.ली. बिगत ४७ वर्षदेखि खाद्य सामाग्री उद्योगको क्षेत्रमा व्यापार तथा बितरण च्यानल भएको कम्पनी हो । भारत र यूएईमा सफल रुपमा सार्वजनिक भएपछि, अब मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड पापिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक गरेको हो । यो ब्राण्ड अब नेपाल, भारत र दुबईमा उपलब्ध रहेका छन् ।

पामिमो बेबी प्याण्ट डाइपरकी निर्देशक, निकिता भीमसरियाले पामिमो बेबी प्याण्ट डाइपर बच्चाबच्चीहरुका सहि र उपयुक्त प्यान्ट स्टाइलको डाइपर भएको र बच्चाबच्चीहरुको आराम र हेरचाहका लागि यो मुलायम सामाग्रीद्धारा निर्माण गरिएको बताइन् । यसको बजार मूल्य ९०० देखि ९६० सम्मको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप